खाने तेलको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 09:29:07 AM मा प्रकाशित

laxmi  sunrise bank

खाने तेलको मूल्य घटेको छ । रुस र युक्रेनबीचको युद्धका त्यहाँबाट आयात हुने ‘कमोडिटिज’को आयात प्रभावित हुँदा ह्वात्तै बढेको खाने तेलको भाउ अहिले घट्न थालेको हो ।

यसअघि खाने तेलको मूल्य प्रति कार्टुन ३ हजार रुपैयाँभन्दा माथि पुगेको थियो । अहिले प्रति कार्टुन २ हजार रुपैयाँभन्दा तल आइपुगेको छ ।

त्यसो त, बजारमा माग पनि अस्वभाविक रुपमा घटेको छ । 

तोरीको तेलको मूल्य ब्राण्डअनुसार प्रतिलिटर ११० रुपैयाँसम्म घटेको छ । 

सूर्यमुखी तेलको भाउ प्रतिलिटर १९५ रुपैयाँमा झरेको छ । भटमासको तेलको भाउ र १९० रुपैयाँ छ । 

मूल्य घटिरहेको भएपनि बजारमा माग घट्दा उद्योगहरुले भने उत्पादन कटौती थालेका छन् । उद्योगहरु अहिले आफ्नो क्षमताको २० प्रतिशत क्षमतामा चलिरहेको उद्योगीहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved