शेयरबजार देशभर फैलिन्छ ५० वटा ब्रोकरमा मात्र सिमित हुदैन, नेप्सेका सीईओको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 08:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल स्टक एक्सचेन्ज, नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्र सिंह साउदलाई नियुक्त गरेको छ। २०५१ सालमा नेपाल इन्स्योरेन्समा छैठौं श्रेणिको अधिकृत तहबाट काम सुरु गरि त्यस कम्पनीको प्रमुख कार्यकारीको जिम्मेवारी समेत सम्हालेका साउद दुई दशकभन्दा लामो अवधि बिमा क्षेत्रमा बिताएका व्यक्ति हुन। 

व्यवस्थापन संकायमा स्नातकोत्तर उनि त्रिभुवन विश्वविद्यायलको बिमासम्बन्धी पाठ्यक्रम निर्माणमा समेत सक्रिय थिए। साउदसंग पुनर्बिमा कम्पनीमा समेत ४ बर्ष बोर्ड मेम्बरको रुपमा काम गरेको अनुभव छ।  आफुलाई सेयर बजारको बिद्यार्थी भन्न रुचाउने साउदसंग बिजपाटि डटकमका मोहम्मद अज्मत अलिले गरेको कुराकानीको सम्पादित अंश:

निकै रस्साकसी पछि नेप्से प्रमुखमा नियुक्ति हुनु भएको छ, यो नियुक्ति प्रक्रियालाई कसरि लिनुभएको छ ?

यो रस्साकस्सि भन्ने बाहिर आएको चर्चा होला तर प्रक्रियागत ढंगबाट नै छनौट भएको हो। तोकिएको निश्चित प्रक्रिया पुरा गरेर (व्यवसायिक योजना, प्रस्तुतीकरण, अन्तर्वार्ता) नियमित प्रक्रियाद्वारा नियुक्ति भएकाले यसलाई सामान्य लिएको छु। 

शेयरबजारमा गर्नु पर्ने कामको लिस्ट लामो छ तर पनि कुन बिषयले यहाँको कार्यकालमा प्राथमिकता पाउँछ ?

मैले आफ्नो व्यवसायिक योजनामा पनि उल्लेख गरेको छु। मेरो पहिलो प्रथामिकतामा अनलाइन ट्रेडिङ नै हो। यसका लागि मैले सम्बन्धित पक्षसंग छलफल गरिसकेको छु। 

दोस्रो कुरा, सेयर दलाल (ब्रोकर) मार्फत सेयर धितो कर्जा अर्थात मार्जिन ल्यान्डिङ हो। यसका लागि धितोपत्र बोर्डसंगको छलफल पश्चात यो   कार्यन्वयन तर्फ अघि बढ्छ। यो छिट्टै नै कार्यन्वयनमा आउने बुझेको छु। 

त्यस्तै विकास बैंक र लघुवित्त फरक पाटो भए पनि एउटै उपसमुहमा राख्दा बजार नै प्रभावित हुने अवस्था आएकाले अलग अलग समूहमा राख्ने तयारि अगाडी बढाउने छु। 

अर्को महत्त्वपूर्ण कुरा बजारमा अनलाइन ट्रेडिङ भित्रिसके पछि एनआरएनलाई शेयरबजारमा भित्र्याउने कुरा अघि बढेको छ। यसका लागि केहि  प्राबिधिक बिषय छन। एनआरएनलाई शेयर बजारमा भित्र्याउने कुरा नेप्सेको कार्यक्षेत्रमा मात्र सिमित छैन। यसका लागि राज्यले नीति बनाउनुपर्यो,   नियमन निकाय धितोपत्र बोर्डको समन्वयमा नेप्सेले प्रक्रिया अगाडी बढाउने हो। एनआरएनहरुलाई सहजै लगानी गर्न सक्ने र लगानीबाट प्राप्त प्रतिफल सहजै आफ्नो मुलुकमा लैजाने वातावरण सृजना हुनुपर्यो।  

त्यस्तै मेरो कार्यकालमा आम लगानीकर्तामा सहजै सूचनाको पहुँच पुर्याउनेछु। यसका लागि सरोकारवाला र यस क्षेत्रसंग नजिक रहेर काम गर्ने मिडियाहरुसंग मिलेर आम लगानीकर्तामा सूचनाको पहुँच पुर्याउनेछु। शेयरबजारका बारेमा जनचेतना फैलाउने काम पनि प्राथमिकतामा नै राखेको छु। 

मेरो नियुक्ति ताका म बिरुद्द केहि कुराहरु मिडियाबाजी भएका छन्। त्यसलाई मैले सामान्यरुपमा नै लिएको छु। तर जसरि नेपाल इन्स्योरेन्सको बिषय जोडेर इनसाइड ट्रेडिङ गर्यो भन्ने आएको छ। यसमा मेरो आपत्ति छ। 


कात्तिक २१ गते अनलाइन ट्रेडिङ कार्यन्वयनमा आउँछ भनेर नेप्सेका निवर्तमान महाप्रबन्धकले त मिति नै तोकीदिनु भएको छ, के साच्चिकै यस्तै हुन्छ त ?

अनलाईन ट्रेडिङको प्रक्रिया कहाँसम्म पुग्यो भनेर केहि चरणमा छलफल भएको छ। छलफलले मैले के पाए भने अनलाइन ट्रेडिङ कात्तिक २१ मै आउंछ भन्न अलि हतार भयो कि भन्ने मलाई लागेको छ। सायद पुर्व महाप्रबन्धकले कात्तिक २१ गते भनेर समयमै आउँछ भन्न खोज्नु भएको पो हो कि ?  

जे होस यसका लागि हामि आफ्नो तर्फबाट लागि परेका छौं। प्राविधिक बिषय चांडो भन्दा पनि मजबुत हुनु पर्यो। भोलि कार्यन्वयनमा आइसकेपछी सिस्टममा इरर बढी देखिनु भन्दा अहिलेनै अलिकति समय लिएर मजबुत सिस्टम बनाउनु पर्छ। प्राविधिक कुरा भएकाले अनलाइन ट्रेडिङ आउने मिति नतोकौं। 

प्राविधिक कुरा भएकाले अनलाइन ट्रेडिङ आउने मिति नतोकौं। 

अनलाइन ट्रेडिङको काम नै अघि नबढेको पाउनु भएर मिति नतोकौं भन्नु भएको हो कि ?

होइन होइन, काम तिब्र रुपमा अघि बढेको छ। प्राविधिक बिषय भएकाले मिति ठोस नगरौं भनेको हो। 

अनलाइन ट्रेडिङले मात्र बजार बिस्तार हुन्छ ? ब्रोकरमा सिमित बजारको दायरा बढाउन आवश्यक छैन ?

सबैका आ-आफ्ना चाहना छन। सबैको चाहना भनेको पुंजीबजारको बिकास र बिस्तार हो भन्ने मैले बुझेको छु। यसका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान त दिनै पर्ने हुन्छ। 

अधिकांश लगानीकर्ताको हित जे मा हुन्छ म त्यहि काम गर्छु। सिमित समुहको स्वार्थका लागि होइन। यसका लागि सबैको सहभागिता गराएर नै बजारको विकास र बिस्तार गर्नु पर्ने हुन्छ। 

यसका लागि ब्रोकरले सब एजेन्टको रुपमा आफ्ना सेवा बिस्तार गर्न सक्नुहुन्छ। त्यस्तै मार्केट मेकरको रुपमा वा डिलरका रुपमा कसैलाई काम दिन पनि सक्छौं। सबै पक्षसंगको छलफल नै हामि एउटा निर्णयमा पग्छौ। जे भएपनि अहिलेका ५० वटा ब्रोकरमा मात्र सेयरबजार सिमित हुँदैन।

भनेपछि तपाईको कार्यकालमा दुर्गम क्षेत्रका जनताले सहजै शेयरबजारमा कारोबार गर्न पाउछन, आफ्नो हकमा रहेको हकप्रद भर्न पाउछन, सहजै लिलाममा रहेका शेयरमा भाग लिन पाउँछन हैन त ?

त्यसमा ढुक्क हुनुहोस, म यहाँ काम गर्न कै लागि आएको हो। काठमाडौं र शहरमा केन्द्रित शेयर बजारलाई दुरदराजमा फैलाउने र त्यहाँबाट शेयरमा लगानी गर्न सक्ने वातावरण बन्छ। 

बिगतमा धितोपत्र बोर्ड र नेप्सेबीचको सम्बन्धमा दरार थियो, यसलाई कसरि व्यवस्थापन गर्नु हुन्छ ?

हेर्नुस, धितोपत्र बोर्ड भनेको शेयरबजारको अभिभावक हो। आफ्नो अभिभावकलाई आफुलाई के आवश्यक छ त्यसमा कन्भेन्स गर्न सक्नु पर्छ। मेरो कुरा गर्नु हुन्छ भने सेबोन पुगेर छलफल गरेपछि मात्र मैले नेप्सेमा पदभार ग्रहण गरेको हो। धितोपत्र बोर्ड अध्यक्षले पनि मेरो कार्यकालमा पूर्ण समर्थन गर्छौं तपाई पुंजीबजारको सुधारको काममा ढुक्क भएर लाग्नुहोस भन्नुभएको छ। त्यसैले धितोपत्र बोर्डसंग समन्वय गरेर अगाडी बढ्नुको बिकल्प छैन। 

अर्को स्टक एक्सचेन्ज ल्याउने कुरा निकै चर्चामा छ, यसमा तपाइँको धारणा के छ ?

अर्को स्टक एक्सचेन्ज खोल्ने भन्ने कुरा हाम्रो (नेप्से) सरोकारको कुरा हुँदै होइन। त्यसलाई सम्बन्धित निकायले अध्ययन गरेको होला। तर मेरो ध्यान नेप्सेलाई स्रोत साधन सम्पन्न बनाउनेमा मात्र हुनेछ। 

हामि आफै बलियो भए पश्चात अर्को आए पनि नआए पनि सरोकार भएन। तर सम्बन्धित निकायले नेपालको अर्थतन्त्र र अर्को स्टक एक्सचेन्जको आवश्यकता कति भनेर अध्ययन त पक्कै गरेकै होला।  

नेपालमा अबको पुंजीबजार काठमाडौंको रिंगरोड र शहरमा मात्र केन्द्रित हुनेवाला छैन। अब पुंजीबजार अधिराज्यभर फैलिनेछ। ढुक्क भएर पुंजीबजारमा लगानी गर्नुहोस। 

अहिले शेयर बजारमा सेयरको माग भन्दा आपूर्ति अत्यधिक भईरहेको अवस्था छ, यसको सन्तुलन मिलाउन नेप्सेको भूमिका के हुन्छ ?

बजारमा देखिएको सेयरको माग र आपूर्तिको सन्तुलन कायम गर्ने कुरामा नेप्से मात्र नभई धेरै क्षेत्रको भूमिका हुन्छ। यसमा देशको राजनीति, अर्थतन्त्र, वित्तीय क्षेत्रको अवस्था लगायत पर्दछन। 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम तयारिमा मुलुक छ। अर्थतन्त्र र पुंजीबजारसंग सम्बन्धित अधिकांश सूचकहरु सकारात्मक नै छन । महँगो ब्याजदर पनि बिस्तारै सुधारको बाटोमा छ। यो बिभिन्न पक्ष हुँदाहुँदै पनि लगानीकर्ताले छिट्टै नै ब्रोकर मार्फत मार्जिन ल्यान्डिङको सुविधा पाउँदै छन। जसले गर्दा लगानीकर्तामा केहि उत्साह थप हुने नै छ। बजारको बिस्तारसंगै माग र आपूर्तिको सन्तुलन हुनेछ। 

इनसाइड ट्रेडिङ गर्ने व्यक्ति नै नेप्से प्रमुख भएको छ, बजार खत्तम हुने भो भनेर खुबै चर्चा छ, यो हाउगुजी हो कि यथार्थ नै हो ?

मेरो नियुक्ति ताका म बिरुद्द केहि कुराहरु मिडियाबाजी भएका छन्। त्यसलाई मैले सामान्यरुपमा नै लिएको छु। तर जसरि नेपाल इन्स्योरेन्सको बिषय जोडेर इनसाइड ट्रेडिङ गर्यो भन्ने आएको छ। यसमा मेरो आपत्ति छ। 

अर्थमन्त्रालयको स्वीकृति लिई नेपाल बैंकले लिलाम बढाबढ मार्फत बिक्रि गरेको सेयर किनिएको हो। यसलाई साथीहरुले कसरि इनसाइड ट्रेडिङ भन्नुहुन्छ ?

यहाँ इन्भेष्टमेन्ट कम्पनीको कार्यकारी अध्यक्ष पनि हुनुहुन्छ, अहिले नेप्से प्रमुख पनि, निष्पक्ष रुपमा काम कसरि गर्नुहुन्छ ?

साथीभाईको आग्रहमा स्वीकार पनि हुने र फुर्सदको समय पनि सदुपयोग हुने र कार्यक्षमता पनि प्रष्फुटन गर्न पाउने भएकाले इन्भेष्टमेन्ट कम्पनीमा आबद्द भएको थिए। अहिले म त्यहाँ संलग्न छैन। म लगानीकर्ता होइन, सेयरबजार बारे चाँसो राख्ने व्यक्ति जरुर हो।

समग्र पुंजीबजारलाई कसरी अगाडी बढाउने र आम लगानीकर्ताको हितमा बढी से बढी काम कसरि गर्ने भन्ने कुरामा मेरो ध्यान केन्द्रित छ। अर्को कुरा नेप्सेमा सुचिकृत कम्पनीहरुको आन्तरिक सुशाशन मजबुत बनाउने हाम्रो पहल रहनेछ। यसका लागि म छिट्टै कार्यबिधि पनि बनाउदै छु। 

आफ्नो क्षेत्राधिकार भित्र रहेर समयमै नेप्सेमा सुचिकृत कम्पनीको सुशाशन मजबुत बनाउने काम गर्छौं। र सुचिकृत कम्पनीहरुको अनुगमन पनि बढाउछौं ताकी लगानिकर्ताल ढुक्क भएर लगानी गर्ने वातावरण बनोस। 

अन्त्यमा,

बिजपाटि डटकम मार्फत पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम सकरात्मक पत्रकारिताका लागि बिजपाटिलाई धन्यबाद दिन चाहन्छु। जति पनि लगानीकर्ता सेयरबजारमा हुनुहुन्छ र पुंजीबजारमा आउने सोच्दै हुनुहुन्छ, उहाँहरु सबैलाई ढुक्क भएर सेयरबजारमा आउन आफ्नो बिबेक, अध्ययन र अनुभबका आधारमा लगानी गर्न आम सरोकारहरुमा आब्हान गर्छु। पुंजीबजारको सुशासनको प्रतिबद्दता हामि गर्छौं भन्न चाहन्छु। 

नेपालमा अबको पुंजीबजार काठमाडौंको रिंगरोड र शहरमा मात्र केन्द्रित हुनेवाला छैन। अब पुंजीबजार अधिराज्यभर फैलिनेछ। ढुक्क भएर पुंजीबजारमा लगानी गर्नुहोस। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved