कोरोना के हो, के होइन ? कोरोना जितेका व्यक्तिको भोगाई (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 10:59:46 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय कोरोना के हो र क होइन भन्ने बहस सुरु भएको छ। करिब ५ महिना अगाडीसम्म कोरोना ज्यानै लिने भाइरस हो भन्ने सोच भएकाहरु समेत अहिले यो सामान्य फ्लु हो भन्नेमा पुगेका छन् भने व्यवसायीक डाक्टर लगायतका केहि सरोकारवालाले कोरोना सामान्य रोग नभएको बताइरहेका छन्। 

त्यसमा पनि कोरोना केहि होइन भन्नेहरुले पछिल्लो समय सरकारले घोषणा गरेको निषेधाज्ञाको समेत बिरोध गरिरहेका छन्। निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या बढिरहेको र निको हुनेको संख्या पनि बढी रहेकाले लकडाउन वा  निषेधाज्ञा समाधान नभएको कोरोना सामान्य फ्लु हो भन्नेहरुको तर्क छ। 

यता पेशेवर डाक्टर, सरकारी अधिकारि, नेता, मन्त्री तथा प्रधानमन्त्री कोरोना खतरनाक रोग भएकाले संक्रमण फैलिन नदिन लकडाउन वा निषेधाज्ञा नै विकल्प हो भनिरहेका छन्। 

महिनावारि तलब सेवा सुविधा लिने, राज्यको ढिकुटीबाट नियमित तलब सुविधा बुझ्नेहरुले कोरोना खतरनाक रोग भएको भन्दै लकडाउन वा निषेधाज्ञालाई आवश्यकता ठानिरहेका छन् भने दैनिक ज्यालादारी गर्नेदेखि उद्योग व्यवसाय संचालन गर्नेहरु भने रोग भन्दा भोकले पिरलेको भन्दै लकडाउनको बिरोध गरिरहेका छन् भन्ने बहस सामाजिक संजालमा देख्न पाइन्छ। 


कोरोना के हो, के होइन रु भन्ने बहस चलिरहेका बेला बिजपाटी डटकमले कोरोना लागेर निको भएका बिराटनगरका सुजन दाहालसँग कुराकानी गरेको छ। दाहालले कोरोना केहि होइन भन्न पनि नहुने र लकडाउनले नै कोरोनाबाट बचिन्छ भन्ने पनि नरहेको भन्दै बीचको तर्क अगाडी सारेका छन्। 

आफु केहि दिनमा नै निको भएको अनुभव सुनाउदै दाहालले कोरोनाबारे आवश्यकता भन्दा बढी प्रचार गरिएको र अवस्थालाई भयावह चित्रण गरिएको हो कि भन्ने समेत आशंका गरेका छन्। 

नेपालमा हिजोका दिनमा पनि दैनिक मृत्यु हुने गरेपनि त्यसको तथ्यांक केहि नभनिने तर अहिले दैनिक कोरोना लागेर यति मरे उति मरे भन्दा अवस्था भयावह देखिएको उनको बुझाई छ। 

अहिलेको अवस्थामा हामि कोरोनासँगसँगै बाच्न सिक्नुपर्ने उनको सुझाब छ। लकडाउन वा निषेधाज्ञा गरेर व्यवसायिक गतिबिधि ठप्प पार्नु भन्दा भन्दा कोरोनाकै साथमा जिउन सिक्नु नै अहिलेको उचित विकल्प भएको उनको भोगाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved