तपाईलाई समाज लघुवित्तको आईपिओ पर्यो कि परेन ? हेर्नुस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 03:38:06 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्तले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार दिउँसो २ बजे शेयर बाँडफांड गरेको हो  ।

कम्पनीको आईपिओमा ५ लाख ४७ हजार ९ सय २८ आवेदकले आवेदन दिएका थिए । जस मध्ये ५५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका ५ लाख ४७ हजार ३ सय ७० जना योग्य आवेदकलाई गोलाप्रथामा सामेल गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ। जस अनुसार गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र समान १० कित्ताको दरले शेयर पाएका छन् । ४ लाख ६७ हजार २ य २८ आवेदक भने हातखाली भएका छन्  । 

समाज लघुवित्तले भदौ ४ देखि  ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०।५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  ।  बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकाशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULT भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा SAMAJ LAGHUBITTA छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए आफुलाई परेको शेयर कित्ता देखाउने छ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ।





:   साधना लघुवित्तका लगानीकर्तालाई न्युनतम १५ देखि २० प्रतिशत लाभांश दिन सक्छौ


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved