सौैर्य सिमेन्टले थाल्यो व्यवसायिक उत्पादन, आईपीओ कहिले ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 16, 2021 | 12:48:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सौर्य सिमेन्टले क्लिङ्कर उत्पादन सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागमा ‘नेपाल गुणस्तर (एनएस) को प्रक्रियामा रहेको सौर्य सिमेन्टले क्लिङ्करको व्यवसायिक उत्पादन थालेको हो ।

सरकारी स्वामित्वको उदयपूर सिमेन्टले उत्पादन गर्दै आएको चर्चित गैडाछाप सिमेन्टकै गुणस्तरमा सौर्य सिमेन्ट बजारमा आउने दाबी गरिएको छ । 

‘उदयपूर सिमेन्टका लागि आफैँमा ब्राण्ड हो, उदयपूरको उत्पादन भन्ने बितिक्कै बजारमा छुट्टै प्रभाव पर्छ’ सौर्य सिमेन्टका प्रवन्ध निर्देशक शरद गोल्छा भन्छन्, ‘अहिले हामीले उदयपूरमा रहेको आफ्नै खानीबाट दैनिक ३ हजार मेट्रिक टन क्लिङकर उत्पादन गरिरहेका छौँ ।’

शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छा समुहको १५ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको सौर्य सिमेन्टले अहिले क्लिङकर उत्पादन गरेर बिक्रि गरिरहेको र नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह पाएपछि तयारी सिमेन्ट बजारमा ल्याउने छ ।

सरकारी स्वामित्वको उदयपूर सिमेन्टको माग बजारमा अत्याधिक रहेपनि उद्योगले बजारको माग अनुसार उत्पादन गर्न नसकिरहेको अवस्थामा उदयपूरकै चुनढुंगा खानीबाट सिमेन्ट उत्पादन गर्ने गरी सौर्य सिमेन्ट आउन लागेकाले यो सिमेन्ट उदयपूर सिमेन्टको विकल्प बन्ने दाबी गरिएको छ ।

ठूला आयोजना तार्गेट

ठूला र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सिमेन्टको प्रयोग कम भईरहेको भन्ने गुनासो आईरहेका बेला सौर्यले भने ठूला आयोजनाकै लागि ‘स्पेशल’ सिमेन्ट उत्पादन गर्न लागेको हो । नेपाली सिमेन्टले आफ्नो गुणस्तर अनुसारको गुणस्तर प्रमाण नपाएका कारण ठूला आयोजनामा भारतीय सिमेन्ट प्रयोग भईरहेको अवस्थामा सौर्य सिमेन्टले भने नेपालमै पहिलो पटक ठूला निर्माण आयोजनामा प्रयोग हुने ‘लो अल्कलाई’ सिमेन्ट उत्पादन गर्न लागेको हो ।

सिरहाको मिर्चैयामा उद्योग र उदयपूरको कटारीमा चुनढुंगानको खानी भएको सौर्य सिमेन्टले ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गर्नेछ । उद्योगको दाबी अनुसार यो चुनढुंगानको खानी उद्योगलाई ५० वर्ष प्रयोग गर्न पुग्नेछ । 

उद्योगका लागि चाहिने २५ मेगावाट बिजुलीमध्ये उद्योग आफैँले ६ मेगावाट उत्पादन गर्ने छ ।

आईपीओ पनि 

उद्योगको लागि १४ अर्ब १४ करोड ऋणको लागि रेटिङ गराएको सौर्य सिमेन्ट उद्योगले १० अर्ब ७० करोड दीर्घकालिन प्रकृतिको ऋण लिनेछ । बजार आएको केही वर्षमा सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने तयारीमा उद्योग छ ।

‘अहिले नै ठ्याक्कै यति समयमा आईपीओमा जान्छौ भन्न सकिने अवस्था छैन, सिमेन्ट उद्योगहरुले पनि आईपीओ ल्याईरहेका छन् । हामी पनि यसका लागि माइण्ड मेकअप गरिरहेका छौँ । वी होप, ४÷५ वर्षमा यो पोसिवल हुनसक्छ’ उद्योगका एक सञ्चालकले भने ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved