निर्माण सामग्रीको मूल्य वृद्धिबारे महासंघले विभागमा बुझायो ध्यानाकर्षण पत्र (पत्रसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 04:59:15 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण सामग्रीको मूल्य बढेपछि निर्माण व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । वाणिज्य तथा आपुर्ति उपभोक्ता हित संरक्षण विभागलाई लिखित पत्र पठाउँदै निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा अस्वभाविक मूल्य वृद्धि भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

महासंघका महासचिव रोहन दाहालले हस्ताक्षर गरेको पत्रमा ‘यस विषम् परिस्थितीको फाइदा उठाउँदै निर्माण सामग्रीहरुको मूल्यमा गरिएको अनावश्यक कालोबजारीलाई नेपाल सरकारबाट प्रभावकारी रुपले अनुगमन गरी मूल्य वृद्धि नियन्त्रण गरदिन अनुरोध गर्दछौँ’ भनिएको छ ।

निर्माणजन्य डण्डी, ग्रील र अन्य सामानको मूल्य निषेधाज्ञाकै बीचमा बढेपछि निर्माण व्यवसायीहरुले आपत्ति जनाउँदै आएका छन् । पछिल्लो एक हप्तामा मात्रै फलामे डण्डीको भाउ ८५ रुपैयाँ किलोबाट बढेर १०७ देखि ११० रुपैयाँ पुगेको छ । 

व्यवसायीहरुले सिमेन्टको मूल्य एक बोरामै २५ रुपैयाँ बढेको भन्दै उद्योगीहरुले बजारमा कृत्रिम अभाव देखाएर आफूखुशी मूल्य बढाएको आरोप लगाउँदै आएका छन् ।

ध्यानाकर्षण पत्र:

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved