अब लघुवित्तबाट पनि पुनर्कर्जा, ऋणीलाई ५ प्रतिशतमै कर्जा दिनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 05:11:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषको यसअघिको व्यवस्थामा परिमार्जन गरेको छ। यस आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पुनर्कर्जा कोष परिमार्जन गर्दै उपलब्ध कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले प्रदान गर्ने पुनर्कर्जा मध्ये २० प्रतिशतसम्म ग्राहक अनुसार मुल्यान्कनको आधारमा उपलब्ध गराइने भएको छ भने बाँकी ८० प्रतिशत मध्ये ७० प्रतिशत बाणिज, विकास र फाइनान्स मार्फत तथा १० प्रतिशत लघुवित्त मार्फत उपलब्ध गराइने भएको छ। 

निर्यातजन्य र रुग्न उद्योगलाई बैंक वित्तीय संस्था मार्फत १ प्रतिशत ब्याजमा, लघु घरेलु तथा साना मझौला उद्यम कर्जा २ प्रतिशत र तोकिएका क्षेत्रमा ३ प्रतिशतमा पुनर्कर्जा उपलब्ध हुनेछ। 

तर ग्राहक अनुसार मुल्यान्कनको आधारमा पुनर्कर्जा लिने ऋणीबाट ३ प्रतिशत, र एसएमई कर्जा लिने तथा बैंक वित्तीय संस्था मार्फत कर्जा लिनेबाट ५ प्रतिशत मात्र ब्याज लिन पाउनेछन्। 

बैंक वित्तीय संस्थालाई एक मुष्ट प्रदान गरिने पुनर्क्रजामा प्रति ग्राहक लघु घरेलु तथा साना मझौला पुनर्कर्जाको सिमा १५ लाख, साधारण तथा बिशेष पुनर्कजाको सिमा ५ करोड तथा ग्राहक अनुसार मुल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जाको सिमा २० करोड कायम गरिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved