निर्धन उत्थान लघुवित्तले ऋणीलाई ब्याज छुट दिने, सेवा शुल्क पनि नलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 04:13:44 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कर्जामा आएको ब्याजको ६.५ प्रतिशत छुट दिने भएको छ । संस्थाको जेठ ५ गतेको निर्णयले यस्तो छुट दिएको हो । 

कोरोनाको विषम परिस्थितिलाई ध्यानमा राख्दै संस्थाले ब्यवसाय पुनस्थापना कर्जा लगानी गर्दा लाग्ने १.५ प्रतिशत सेवाशुल्क समेत जेठ ९ गते देखि असोज मसान्तसम्म नलिने निर्णय गरेको छ ।

नियमित कर्जा कारोबार गर्ने सदस्य ,भाखा ननाघेको सम्पुर्ण किस्ता रकम भुक्तानी गरी सकृय कर्जामा परिणत हुने ग्राहक सदस्यले यो सुबिधा लिन सक्नेछन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved