सिवाईसी नेपाल लघुवित्तमा शालिग्राम गाभिएपछि २९ गतेबाट एकीकृत कारोबार, आईपिओ आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 10:27:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सिवाईसी नेपाल लघुवित्तले शालिग्राम लघुवित्तलाई गाभेपछि असार २९ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ  । सिवाईसी नेपाल लघुवित्त कै नामबाट एकिकृत कारोबार हुने भएको हो ।

सिवाईसीको जेठ १४ गते र शालिग्रामको पानो जेठ १४ गते नै सम्पन्न विशेष साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो । यी दुई संस्थालाई राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते एकिकृत कारोबारको लागि स्वीकृति प्रदान गरेको हो ।   

यी दुवै संस्था नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नभएका लघुवित्त हुन्। यसअघि सीवाईसीको स्वाप १०० र शालिग्रामको ८० रहनेगरि दुवै लघुवित्तले आरम्भ माइक्रोफाइनान्ससंग मर्जर गर्ने सम्झौता गरेका थिए। तर उक्त मर्जर सम्झौता तोडीएपछि सीवाईसी र शालिग्राम मर्जरमा गएका हुन् । 

७ करोड चुक्तापुंजी र बाग्लुङ केन्द्रिय कार्यलय भएको सीवाईसी राष्ट्रिय स्तरको लघुवित्त हो भने १ करोड ६० लाख लघुवित्त भएको म्याग्दी केन्द्रिय कार्यलय भएको  शालिग्राम लघुवित्त गण्डकी प्रदेश स्तरीय लघुवित्त हो। 

मर्जरपछि अब कम्पनीले आईपिओ निष्काशन गर्ने छ । कम्पनीले आईपिओ निस्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रब्द्न्हक चयन गरेको छ  । कम्पनीले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई प्रति कित्ता १००अंकित  दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो । 

शालिग्रामलाई एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved