रोगी बुवा-आमाको बाच्ने आधार बन्यो लक्ष्मी लघुवित्तको एउटा निर्णय, रोजगारदातालाई गतिलो सबक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2021 | 10:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आफुले काम गर्ने सँस्था इमान्दार भईदिँदा मृत्यु पश्चात पनि आश्रित परिवारले कसरी आर्थिक सहयोग पाउँछ भन्ने एउटा गतिलो उदाहरण बन्न पुगेको छ लक्ष्मी लघुवित्त। चौतर्फी बिरोधका बावजुद पनि लक्ष्मी लघुवित्तले सामाजिक सुरक्षा कोषमा आबद्द भईदिँदा मृतक परिवारका आश्रित परिवारले बाँचुन्जेल आर्थिक सहयोग पाउन सफल भएका हुन्। 

परिवारको रोजीरोटी कमाउने एक मात्र छोरा त्यो पनि जवान अवस्थामा गुमाउनु पर्दा कसको पो मन नरोला। बुढेसकालको एक मात्र सहारा गुमाउँदाको पिडा कष्ट जति हुन्छ, त्यति नै पिडा घरको चुल्हो कसरी चल्छ भन्ने कुराले हुन्छ।  

........................................................................................................................................................................................


तर असोज ५ गते मृत्यु भएका उपेन्द्र भट्टराईलाई फिर्ता ल्याउन नसकीएपनि लक्ष्मी लघुवित्त वित्तीय सँस्थाको एउटा सहि निर्णयले भट्टराईको ५८ वर्ष पुगेका बुवा देवराज भट्टराई र ६३ वर्ष पुगेकी आमा ढकमायाँ भटराईलाई केहि भएपनि आर्थिक सहायता मिलेको छ।  

विहे गर्न बाँकी रहेकी कान्छी बहिनीलाई पढाउने र विहेबारी गर्ने जिम्मेवारीका साथै घरमा बुहारी भित्र्याएर कान नसुन्ने बुवा देवराज र सामान्य हिड्डुल गर्न समेत अर्काको साहारा चाहिने आम ढकमायाँलाई खुशी दिने सपना अधुरै छोडेपनि आर्थिक रुपमा केहि भएपनि सहारा बनेर विदाई भएका हुन् उपेन्द्र भट्टराई।

तर यस्तो अवसर भने लक्ष्मी लघुवित्त वित्तीय सँस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा र त्यहाँका संचालक तथा लक्ष्मी बैकका मानव संशाधन प्रमुख अमित शर्माको सहि निर्णयले मात्र जुरेको हो। 

सामाजिक सुरक्षा कोषमा आबद्द हुँदा हुने फाइदा र घाटाको जोडघटाउ हुँदै गर्दा नै लक्ष्मी बैंक र लक्ष्मी लघुवित्त कोषमा जोडिएका थिए। र त्यहि अनुसार आफ्ना कर्मचारीहरुको तलबको तोकिएको प्रतिशत बराबरको रकम कोषमा योगदान गर्दै आएका थिए। 

कोषमा आबद्द भएकै कारण योगदानकर्ताका आश्रित परिवारको रुपमा मृतकका बुवा र आमाले निश्चित अवधिसम्मको लागि मासिक रुपमा तलबको रुपमा १६ हजार १९१ रुपैयाँ १२ पैसा पाउने भएका हुन्। यो रकम प्रत्येक तीनबर्षमा थप वृद्धि हुँदै जानेछ। 

यहि २०७८ बैशाखदेखि रोजगारदाता लक्ष्मी लघुवित्त वित्तीय सँस्थाले असोज ५ गते मृत्यु भएका उपेन्द्र भट्टराईको नाममा कोषमा मासिक रुपमा योगदान गर्नुपर्ने बराबरको रकम योगदान गर्दै आएका थियो। तर योगदान सुरु भएको तीन महिना बित्दा नबित्दै योगदानकर्ता उपेन्द्र भट्टराईको यहि असोज ५ गते मृत्यु भएका कारण उनीमा आश्रित परिवार अर्थात उनका बुवा आमाले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत मासिक रुपमा १६ हजार १९१ रुपैयाँ १२ पैसा यहि असोज ६ गतेदेखि लागू हुनेगरि पाएका हुन्। 

मृतक उपेन्द्र यादबले लक्ष्मी लघुवित्तमा काम गर्दा पाउने आधारभुत तलब २६ हजार ९८५ रुपैयाँ २० पैसाको ६० प्रतिशतले हुन आउने १६ हजार १९१ रुपैयाँ १२ पैसा रकम उनीमा आश्रित बुवाआमाले मासिक रुपमा पाएका हुन्।

"मार्का त हाम्लाई धेरै परेको छ, छोरा भएको भए अझैं बढी कमाउथ्यो, हाम्लाई पाल्थ्यो, एउटा छोरो गईगो, छैन, पिर मर्का छ, छोरो त गईसक्यो किन चाहियो अरु सुविधा भन्ने थियो, छोराले काम गर्ने सँस्थाले सम्झाई बुझाई गरेकाले यहाँसम्म आएका हौँ" मृतक उपेन्द्र यादवका बुवा देवराज भट्टराईले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत को सुविधा लिने क्रममा भक्कानिदै भने। 

झन्डै ५ बर्षदेखि आफुहरुसँग संगै काम गरेको कर्मचारी गुमाउनुको पिडा लुकाउन नसकेका लक्ष्मी लघुवित्त वित्तीय सँस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले भावुक हुदै भने, "आजीवन आश्रित परिवारले नियमित रुपमा जुन पैसा पाएको छ, यो पैसा नहुनेलाई यसको महत्त्व थाहा हुन्छ, यो पैसाले आश्रित परिवारमा पूर्ण राहत नहोला तर अलिकति भएपनि सघाउने अपेक्षा लिएको छु।"

त्यस्तै लक्ष्मी बैकका मानव संसाधन प्रमुख अमित शर्माले भनेका छन्, '' दुर्भाग्य नै भन्नुपर्छ, बैंक वित्तीय सँस्थामा यसरी आश्रित परिवार सुरक्षा योजना अन्तर्गतको सुविधा लिने लघुवित्तमा लक्ष्मी लघुवित्त पहिलो हो। तर सामाजिक सुरक्षा कोषमा आबद्द हुने नहुने भन्ने बिषयमा चर्को बहस भईरहंदा आफुहरु कोषमा आबद्द हुने निर्णय सहि थियो भन्ने अहिले पुष्टि भएको छ।"

त्यस्तै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भने, "सामाजिक सुरक्षा कोष श्रमिककै लागि भनेर सुरु भएको एउटा योजना हो, जसले आश्रित परिवारलाई हेर्नुपर्छ त्यसले यो योजना बन्द गर्नु हुदैन भनेर नै कोभिड १९ को महामारीमा पनि यो योजनालाई निरन्तरता दिईएको हो।"

उनले अगाडी भने, "मृत्यु भएका लक्ष्मी लघुवित्तका कर्मचारीलाई फिर्ता गर्न नसकीएपनि घरको चुल्हो बाल्ने व्यक्ति गुमाउँदा घरमा जुन आर्थिक क्षति हुन्छ त्यसको अभाव न्यूनीकरण गर्ने काम सामाजिक सुरक्षा कोषको यस योजनाले गरेको छ। ।

मृतक भट्टराईका आश्रित परिवारले मासिक रुपमा १६ हजार १९१ रुपैयाँ पाउनुका साथै लक्ष्मी लघुवित्तबाट बीमा , उपदान र संचय कोषमा जम्मा भएको पैसा समेत एक मुष्ट पाएका छन्। त्यस्तै सामाजिक सुरक्षा कोषले अन्तिम संस्कारको लागि २५ हजार रुपैयाँ तथा लक्ष्मी लघुवित्तले एक लाख रुपैयाँ समेत दिएका छन्। 

मृतक भट्टराई सहित सामाजिक सुरक्षा कोषमा यसरी आश्रित परिवार सुरक्षा योजना अन्तर्गत मासिक रुपमा निश्चित रकम पाउनेको सङ्ख्या ५१ पुगेको छ भने बाँकी ६२ जनाको पनि प्रकृयामा रहेको छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved