यि अवस्थामा लघुवित्तको साधारणसभामा भाग लिन र मतदान गर्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 04:24:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका साधारण सभामा भाग लिन र मतदान गर्न नपाइने अवस्थाबारे स्पष्ट व्यवस्था गरेको छ। आज मङ्सिर ७ गते लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

यी अवस्थामा लघुवित्त वित्तीय संस्थाका साधारण सभामा भाग लिन र मतदान गर्न पाउनेछैनन: 

आफु र राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको बीचमा भएको वा हुने कुनै शर्त बन्देजको सम्बन्धमा हुने छलफलमा कुनै व्यक्तिले शेयरधनीको हैसियतबाट आफै वा आफ्नो प्रतिनिधिद्वारा साधारण सभामा भाग लिन र मतदान गर्न पाउने छैनन्। 

आफूले गरेको वा गर्न छुटाएको वा गलत ढङ्गले गरेको कामको जवाफदेही वा आफ्नो स्वार्थ निहित रहेको कुनै पनि विषयका सम्बन्धमा साधारण सभामा हुने छलफलमा सञ्चालक वा निजको हिस्सेदार वा प्रतिनिधिले मतदान गर्न पाउनेछैन ।

कुनै सेयरधनीले सम्बन्धित संस्थाको सञ्चालकलाई प्रतिनिधि नियुक्त गरेको अवस्थामा त्यस्तो सञ्चालकले आफ्नो निजी स्वार्थ वा सरोकार भएको विषयमा वा आफुलाई नियुक्त गने विषयमा कसैको प्रतिनिधिको हैसियतले साधारण सभामा मतदान गर्न पाउने छैन ।

राष्ट्र बैंकबाट  इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आफुले धारण गरेको शेयर धितो वा बन्धक राखी अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तान नगरेको कारणबाट निजउपर कानूनी कारबाही चलाई शेयर वापत मतदान गर्नबाट रोक लगाउन सम्बन्धित बैंक तथा  वित्तीय संस्थाबाट लेखिई आएमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाले त्यस्तो शेयरधनीलाई निजले लिएको शेयर बापतकोऋण चुक्ता नभएको अवधिभर साधारण सभामा मतदान गर्नबाट रोक लगाउनु पर्नेछ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (ख), (ग), (घ) तथा (ङ) बमोजिमको कारबाहीमा परेका सञ्चालक÷शेयरधनी वा निजको प्रतिनिधिले कारबाही भएको मितिले एक वर्ष साधारण सभामा मतदान गर्न पाउनेछैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved