
नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई मर्जरमा लैजाने गरेको प्रयास असफल भएपछि अन्तिम अस्त्रको रुपमा 'क्रस होल्डिंङ' को 'विकल्प' अगाडी सारेको छ।
राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशनअनुसार कुनै लघुवित्तमा क, ख र ग बर्गका बैंक वित्तीय सँस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ वा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा वढी शेयर स्वामित्व रहेका लघुवित्तहरु मर्जर तथा प्राप्तिमा जानुपर्नेछ। र यसका लागि २०७९ असार मसान्तसम्ममा मर्जर तथा प्राप्ति कार्ययोजना राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने हुन्छ।
लघुवित्तहरुको सङ्ख्या धेरै भएको भन्दै संख्या घटाउन पटक पटक मर्जर तथा प्राप्तिलाई दबाब दिएपनि लघुवित्तहरु मर्जरमा जान अनिच्छा देखाएपछि तथा मर्जर तथा प्राप्तिमा गएकाहरु पनि डीमर्जको बाटोमा लाग्ने क्रम बढेपछि राष्ट्र बैंकले 'क्रस होल्डिंङ' को अस्त्र प्रयोग गरेको जानकारहरुको भनाई छ।
यो पनि: ४१ लघुवित्तमा १६ बैंकको क्रस होल्डिङ, यी लघुवित्तहरु मात्रै मर्जरमा जान बाध्य (सूचीसहित)
क, ख र ग बर्गका बैंक वित्तीय सँस्थाको ५१ प्रतिशत भन्दा बढी लगानी भएका लघुवित्तहरु ८ वटा र क, ख र ग बर्गका बैंक वित्तीय सँस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका १६ वटा लघुवित्त भएको प्रारम्भिक अध्ययनले देखाएको राष्ट्र बैंकको एक अधिकारिको भनाई छ।
उनकाअनुसार राष्ट्र बैंकको पछिल्लो निर्देशन अर्थात 'क्रस होल्डिंङ' को अस्त्रले करिब २४ वटा लघुवित्त मर्जर तथा प्राप्तिको बास्केटमा आउने र यसबाट घटेर १२ वटाको सङ्ख्यामा झर्नेछन्। जसमध्ये ८ वटा लघुवित्त अर्थात जसमा कुनै एउटा सँस्थाको लगानी २५ प्रतिशत भन्दा देखिन्छ भने अरु १६ वटा लघुवित्तमा १० प्रतिशत भन्दा बढी देखिन्छ।
सम्भवत: २५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका यी ८ लघुवित्तले कुनै अर्को लघुवित्त मर्जर तथा प्राप्ति गर्नेछन भने बाँकीहरु एक आपसमा मर्जर तथा प्राप्तिमा जान सक्नेछन। जसले गर्दा क्रस होल्डिंङ' को अस्त्रले छोएका करिब २४ वटा लघुवित्त घटेर १२ मा झर्ने राष्ट्र बैंकको बुझाई रहेको छ। अहिले सञ्चालनमा ७० वटा लघुवित्त संस्थाहरु छन्। जसमध्ये ४१ वटामा मात्र बैंक तथा वित्तीय संस्थाहरुको लगानी छ।
'क्रस होल्डिंङ' को अस्त्रले छोएका २४ वटा लघुवित्त