राष्ट्र बैंकलाई लघुवित्तका लगानीकर्ताको प्रश्न, ‘ब्याज महँगो भयो मात्रै भन्ने कि काम पनि हेर्ने ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2022 | 04:52:34 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभर स्थापना भएका लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालले २ दिने संचालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । फाल्गुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा संचालकहरुका लागि संचालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना संचालकका लागि नेपाल राष्ट्र बैँक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, राष्ट्र बैकका कार्यकारी निर्देशक डा प्रकाश कुमार श्रेष्ठ, पुर्व सचिव तथा लघुवित्तका विज्ञ डा. मान बहादुर वीके, राष्ट्र बैकका निर्देशक बुद्धराज शर्मा, डा. शालिकराम पोखरेल, राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारीले प्रशिक्षण दिएका हुन् । 

तालिम कार्यक्रममा प्रशिक्षण सहित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो । 

लघुवित्तमा देखिएको तरलताको अभाव, निती निययको समस्या, ब्याजदरमा देखिएको समस्या लगायत बिषयमा अध्यक्ष तथा संचालकहरुले राखेका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दे कार्यकारी निर्देशक अधिकारीले समस्या समाधानका लागि राष्ट्र बैकका र सरकारको विषेश फोरममा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे । 

अर्का कार्यकारी निर्देशक डा. क्षेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थामा प्रशिक्षण सहित सहभागीहरुसगँ अन्तरक्रिया गरेका छन् । लघुवित्तका बिज्ञ डा मान बहादुर वीकेले लघुवित्त क्षेत्रमा देखिएका समस्था तथा चुनौतीका विषयमा आफ्ना तर्कहरु राख्दै त्यसको समाधानका उपायहरुका विषयमा सहभागीहरुसगँ अन्तरक्रिया गरेका छन् ।

निर्देशक बुद्धराज शर्माले लघुवित्तका अध्यक्ष तथा संचालकहरुको भुमिका विषयमा, अर्का निर्देशक डा. शालिकराम पोखरेलले अन्य देशहरुमा लघुवित्त कसरी संचालित हुन्छन्् भन्ने विषयमा र पुर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारीले कर्पोरेट गभर्नेन्सका बिषयमा प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा बोल्दै माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले सधै लघुवित्तको व्याजदर महगों भयो भनेर मात्रै कुरा उठ्ने तर आफूहरु गाँउ गाउँमा गएर जनतालाई सहजै तरिकाले दिएको सेवा सुविधाको कुरा नउठ्ने गुनासो गरे । 

‘हामी राष्ट्र बैंकको निर्देशन इमानदारी पुर्वक पालन गर्छाैँ, तर राष्ट्र बैकले हाम्रो समस्या सुनिदिनुपर्यो’ अध्यक्ष पोखरेलले भने ।

लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई राष्ट्र बैँकलाई सुनाएर सम्बन्धित मन्त्रालयसम्म पुर्याउन एमफाननले पहल गर्ने अध्यक्ष पोखरेलको भनाई छ । 

नेपाल सरकारका पुर्व सचिव तथा लघुवित्तमा पिएचडी गरेका लघुवित्तका विज्ञ डा. मान बहादुर वीकेले लघुवित्त सम्मेलन गर्न दिएको सुझावमा एमफानको नेतृत्वमा सम्मेलन गर्न एमफानका संचालकहरु सहित सहभागी लघुवित्तका संचालकहरुले प्रतिवद्धता जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved