युवा स्वरोजगार कोष र आरएसडिसी लघुवित्तबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 03:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा स्वरोजगार कोष र आरएसडिसी लघुवित्तबीच सम्झौता भएको छ ।

विगत एक दशक भन्दा अघिदेखी वेरोजगार युवाहरुलाई स्वरोजगार मूलक व्यावसायिक परियोजना सञ्चालनको लागि वित्तिय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र आरएसडिसी लघुवित्तबीच सम्झौता भएको हो ।

कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडलले बैशाख ८ गते एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

हस्ताक्षरको क्रममा आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरु मार्फत थोक कर्जा प्रवाह गरि रोजगारी सृजना गर्न सघाउ पुग्ने धारणा राखेका छन् । 

कोषले निर्धारण गरेको लक्षित वर्गका वेरोजगार युवाहरु तथा विदेशबाट सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गिय परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्र बनाउन यस सम्झौताले सघाउ पु¥याउने कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी गराए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved