गुरासँ लघुवित्तद्धारा साधारणसभा आह्वान, यस्ता छन् प्रस्तावहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 02:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

गुरासँ लघुवित्त  वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ३० गते सभा आह्वान गरेको हो। सभा भेडेटार भिलेज रिसोर्ट, साँगुरीगढमा आयोजना गरिएको छ।

कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव पेस गर्दै छ। साधारणसभाले उक्त प्रस्ताव पेस गरेपछि वितरण हुने छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले  पुस २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव,

सामान्य प्रस्ताव,

आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने।

आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

सर्वसाधरण सेयरधनिको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक बाँकी अवधिको लागि नियुक्ति गर्ने

विशेष प्रस्तावहरु, 

संस्थाको अधिकृत पुजीँ २० करोड पुर्याउने प्रस्ताव पेस गर्ने

यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्नको लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको पहिचान गर्ने, सहमतिमा हस्ताक्षर गर्ने, सो को आधारमा राष्ट्र बैंकमा निवेदन दिन, चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्ने लगायतका आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved