मिर्मिरे लघुबित्त र नेरुडे लघुबित्त बिच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 08:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुबित्त र नेरुडे लघुबित्त बिच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच आज सोमबार दिउँसो ४ बजे बिराटनगरमा मर्जरको लागि सम्झौता भएको हो । 

सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहरा र नेरुडे लघुवित्तको तर्फबाट अध्यक्ष डा. भेषराज धमलाले हस्ताक्षर गरेका छन् । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय बिराटनगरमा रहेको छ भने मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । 

हाल मिर्मिरेको चुक्ता पुँजी ५३ करोड १२ लाख रहेको छ भने नेरुडेको चुक्ता पुँजी ६० करोड रहेको छ । दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेकी सकेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved