मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 08:42:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रिया सम्पन्न गरि सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तले फागुन ३० गते मंगलबार एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै कम्पनीको असोज ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले पुस ७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदानगरेको थियो । मर्जर पश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा ८ सभागृह चोकमा रहने छ, जुन हालको सिवाईसी नेपालको केन्द्रीय कार्यालय हो ।

डाटा माइग्रेसन लगायत्को कामको लागि दुवै लघुवित्तको सम्पूर्ण कारोबार फागुन २८ र २९ गते बन्द रहने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved