मौद्रिक नीतिले पुँजीबजारमा सकारात्मक प्रभाव पार्छ: फुल्लेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 03:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीतिमा समेटिएका केहि बुँदाले पुँजीबजारमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । मौद्रिक नीतिमा प्रारम्भिक प्रतिक्रिया दिंदै उनले शेयर धितो तथा रियलस्टेट कर्जाको जोखिमभार पुनरावलोकन गर्ने विषय सकारात्मक रहेको बताए ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्दा बजारमा सकारात्मक सन्देश प्रवाह उनले उनले उल्लेख गरे। जसले गर्दा यी क्षेत्रहरुमा बढाइएको जोखिमभारमा पुनरावलोकन गर्दै केहि घटाउने संकेत गरेको देखिएकोले बजारले समेत सकारात्मक दिशा लिएको उनको भनाई छ ।

यद्यपि लगानीकर्ताका धेरै माग भने सम्बोधन नभएको उनले बताए । आगामी दिनमा सर्कुलर मार्फत भए पनि आफ्ना अन्य मागहरु समेटिने अपेक्षा रहेको उनको भनाई छ । 

मौद्रिक नीतिले  नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ।  शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरेको छ। पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पु¥याएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved