राजधानीको गंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार प्रदान गरिएको छ ।
उपहार अन्तर्गत प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १५० सिसिको यमाहा एफ जेड एफ आइ भि थ्रि मोटरसाइकल जितेका छन् । उनीमात्र १८ महिनाका छन् । द्धितिय पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १५० सिसिको एफ जेड एफआइ भि टु मोटरसाइकल जित्न सफल भए ।
तेस्रो पुरस्कार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १३३ सिसिको एफ जेड एफआइ भि टु स्कुटर जित्न सफल भएका छन् । चौथो पुरस्कार बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभि र पाँचौ पुरस्कार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडि टिभि जितेका छन् । छैठौँ उपहारमा माछापोखरीका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज, बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल र विभिन्न्न ५ जनाले निमाको घडी जित्न सफल भएका छन् ।