भदौ भित्रै मेरोशेयरको एप ल्याउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 12:26:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले यसै महिना भित्र मेरो शेयर मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ । लामो समयदेखि परिक्षण भईरहेको यो एप भदौ महिना भित्र सार्वजनिक गर्ने तयारी भएको सिडीएसले जनाएको छ ।

परिक्षण सफल भएकोले अब लगानीकर्ताको प्रयोगको लागि एप सार्वजनिक गरिने तयारी सिडीएसले गरेको । सिडीएसक प्रबक्ता सुरेश न्यौपानेले पहिलो चरणमा एनड्रोईड प्रयोगकर्ताको लागि एप ल्याउने बताए । त्यसको केहि समयपछि मात्र आईओएस प्रयोगकर्ताको लागि एप आउने उनको भनाई छ । 

उनका अनुसार एपमा अहिले मेरोशेयरमा रहेका सबै सुविधा हुने छ । एपबाट लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न, आईपिओ, हकप्रदमा आवेदन दिन, शेयर बिक्रिपछि डीआईएस ट्रान्सफर गर्न, शेयरको पछिल्लो मूल्य अनुसार पोर्टफोलियोको आकार हेर्न, भारित औसत लाभकरको विवरण प्रविष्ट गर्ने लगायतक सुविधा छन् । यी सबै सुविधा एपमा हुने छन् ।

हाल एकै पटक धेरै ट्राफिक बढ्दा मेरोशेयर नखुल्ने, ढिलो चल्ने, लगायतका समस्या देखिएकोमा एपमा भने ति समस्या धेरै हदसम्म कम हुने सिडीएसले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved