नेप्से सुचक झण्डै ६ अंकले बढ्दा कारोबार एक अर्ब ६० करोड नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 03:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से ५.८८ अंकले बढेर १ हजार ८ सय ८३.२० बिन्दुमा पुगेको छ । 

नेप्से सुचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज १७३ कम्पनी कारोबारमा आउँदा एक अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१.५३ रुपैयाँको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ । 

आइतबार सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ । जसको ६ करोड १७ लाख ६५ हजार ४८०.६० रुपैयाँको सेयर किनबेच भएको हो । त्यस्तै राष्टिय बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको देखिन्छ । 

त्यस्तै आज राष्टिय बीमा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ भने आत्मनिर्भर लघुवित्तको सेयर ९.९ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved