सिबिआईएल सेक्युरिटिजद्वारा विद्यार्थीलाई शेयर बजार सम्बन्धी तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 06:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सि.बि.आई.एल. सेक्युरिटिजले युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विश्व वित्तिय सप्ताह २०२४ ( Global Money Week, 2024) को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अर्न्तगत २ दिने पुँजिबजार सम्बन्धी तालिम प्रदान गरेको हो ।

पुँजिबजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई २०८० चैत्र ६ र ७ गते पुँजिबजारको आधारभुत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१ ) सि.बि.आई.एल. सेक्युरिटिजले आफ्नो मुख्य कार्यालय ललितपुर - १०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. २९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved