किन हुन्छन नेपालमा एटिएम ह्याक, नरोकिनुको कारण यस्तो छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 05:16:19 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । गत वर्ष केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०ले एटीएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्यो । पटक–पटक पक्राउ गरेपछि एटीएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटीएममार्फत पैसा चोर्ने देशका रुपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो ।

तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटीएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन् ।

सी आईबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । पछिल्ला २ वर्षमा १७ विदेशी पक्राउ परेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बैंकहरुले सुरक्षामा लगानी गर्न हिच्किचाउँदा एटीएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा फेजआउट भइसकेको मेग्नेटिभी स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलनमा छ । सुरक्षाका कारण विश्वभरि यूएमभी चिप प्रविधिको कार्डहरु प्रयोग भइरहेका छन् । तर, नेपालमा अझै यो प्रविधि भित्रिन सकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved