अलैँचीको भाउ एक दशकयताकै कम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 04:51:10 AM मा प्रकाशित

laxmi  sunrise bank

म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्।

व्यवसायी ढकाल भन्छन्, ‘अलैँचीको भाउ झन् ओरालो लाग्दैछ, सुधार आउने कुनै छाँट–काँट छैन, नियमित ग्राहक भएकाले नयाँ उत्पादनको पाँच मन अलैँची यस वर्ष पहिलो पटक मैले खरिद गरेँ।’ गत वर्ष यही याममा ढकालले नयाँ उत्पादनको अलैँची प्रतिमन ८० हजारले खरिद–बिक्री गरेका थिए। तर अहिले अलैँचीको मूल्य झण्डै तेब्बरले घटेको छ।

गत वर्ष प्रतिकिलो दुई हजार पाँच सयका दरले खरिद गरेको अलैँची अहिले प्रतिकिलो रु ६५० मा झरेको छ। पछिल्लो समय किसानको प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिएको अलैँचीको मूल्य घटेपछि नयाँ फसलको कारोबारसमेत बजारमा सुस्त छ। साना व्यापारीले अलैँचीको कारोबार गर्न मानेका छैनन्।

‘विसं २०६५ मा प्रतिमन ३० हजारका दरले अलैँची खरिद–बिक्री भएको थियो’, सक्रान्तिका अलैँची व्यापारी दीपेश सिटौलाले भने, ‘अलैँचीको मूल्यमा ह्वात्तै आएको कमीले किसान मात्र हैन, व्यापारी पनि पीडित भएका छौँ।’

आफुले ८० हजार प्रतिमनका दरले खरिद गरेको करिब ५० मन अलैँची अहिलेसम्म गोदाममै थन्किएको म्याङलुङ्गका व्यापारी ढकाल बताउछन्। विगत वर्षमा दशैँ–तिहार जस्ता चाडबाडको मुखमा नयाँ फसलको करिब ४० प्रतिशत कारोबार भइसक्थ्यो। तर यस वर्ष कारोबारको शुरुवातै नभएको व्यापारी बताउँछन्। अन्नपूर्णमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved