चिया बगानका मजदुरहरुमा रोगको जोखिम, ज्यान जोखिममा राख्दै मजदुर काममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 05:05:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा रहेको सोल्मा चिया वगानमा बिगत ३ दशक देखि काम गर्दै आएका मजदुर विष्णु सुवेदीले चिया बगानमा काम गरे यता बिभिन्न रोगले आफुलाई सताएको दुखेसो पोखेकी छिन् । सोल्माको चिया बगानमा काम गर्दै आएकी  सुवेदीलाई अहिले टाउको र हातखुट्टा दुख्ने समस्याले सताएको छ । उनले बगानमा माटो वोक्ने, अर्गानिक विषदी छर्कीने काम समेत गर्दै आएकी छन् । काम गर्ने समयमा स्वास्थ्य सुरक्षाको लागि चाहिने हेलमेट, पञ्जा र बुट जस्ता सामाग्री समेत नलगाई काम गर्नु परेकोले आफ्नो स्वास्थ्यमा समस्या आएको उनले बताएकी छिन्।

यहाँका मजदुरहरु स्वास्थ्य सुरक्षाको चासो नदिई रोजगारीका लागि मात्र काम गर्नु परेको बिगत १५ बर्ष देखि चिया बगानमा काम गर्दै आएका अर्का मजदुर कर्ण प्रसाद पोख्रेलले बताए ।उनले यहाँ निरन्तरकाम गर्ने मजदुरलाई हातमा ठेला उठ्ने, ढाड दुख्ने समस्याले सताउने गरेको बताएका छन्। चिया मजदुरहरु सरकारी हो या अर्धसरकारी मजदुर हो भन्ने बारे समेत अनबिज्ञ रहेको यहाँका मजदुरहरुले बताएका छन् । चिया मजदुरहरुलाई न त पेन्सनको सुविधा । न त वीमा कै सुविधा । सरकारले चिया मजदुरको पहिचानै नगरेको यहाँका  चिया मजदुरहरुले दुखेसो पोखेका छन्।

नेपाल सरकारको मातहतमा संचालित राष्ट्रिय चिया तथा कफि विकास वोर्ड अन्तर्गतमा सोल्मा चिया विस्तार योजनामा सुबेदी र पोख्रेल सहित ७ जना स्थाई मजदुर काम गर्दै आएका छन् । हरियो पत्ती टिप्ने समयमा भने अस्थाई मजदुर समेत यहाँ काम गर्न आउने गरेका छन् । यहाँका चिया उद्योगहरुले वार्षिक २ हजार वढी अस्थाई कामदारलाई रोजागरी दिदै आएको चिया उत्पादक सहकारी संघ तेह्रथुमका अध्यक्ष शंकर खनालले बताए । उनले यहाँ काम गर्ने अस्थाई कामदारको स्वास्थ्य सुरक्षाका लागी यहाँका व्यावसायीहरुलाई चासो नभएको बताएका छन् ।यस अघि उन्नती परियोजनाको सहयोगमा चिया मजदुरहरुका लागि बिभिन्न सचेतनात्मक कार्यक्रम सञ्चालन गरिपछि भने मजदुरहरु आफ्नो सुरक्षाका लागि आवाज उठाउन सक्ने भएका छन्। नागरिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved