प्रदेश ३ को नीति कार्यक्रम: ठुला शहरमा डिजेल पेट्रोलबाट चल्ने गाडी निषेध, दाइजो रहित प्रदेश निर्माण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 02, 2018 | 08:22:36 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५,७६ का लागि शुक्रबार महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।सरकारका तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई मूर्त रुप दिने लक्ष्य राखेको छ । नीति तथा कार्यक्रममा एक वर्षेदेखि पाँच वर्ष सम्मका कार्यक्रम समेटिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख कोइराला अस्वस्थ्य भएपछि उनका तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले वाचन गरेका थिए । नीति तथा कार्यक्रममा पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजना र पुष्पपाल प्रदेश चक्रपथलाई प्रदेश गौरवका योजनाका रुपमा राखिएको छ । नीति तथा कार्यक्रममा २०७८ सालसम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने, तीन वर्ष भित्र प्रदेशलाई प्लास्टिक झोलामुक्त बनाउने, २०८५ वैशाख १ देखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ ।

खुला रुपमा हुँदै आएको मदिरा बिक्री नियन्त्रणका लागि निश्चित समय, विधि, प्रक्रिया र स्थान तोक्ने व्यवस्था मिलाउने, दाइजो रहित प्रदेश बनाउन सबै जनप्रतिनिधि एवम् राष्ट्रसेवकले दाइजो नलिने, नदिने नीति अवलम्बन गर्ने, तीन वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण गर्ने लक्ष्य सरकारले राखेको छ ।

बलात्कार, घरेलु तथा लैंगिक हिंसा, बालविवाह, बहुविवाह, मानव बेचबिखन, बोक्सा–बोक्सी लगायत अपराध विरुद्ध कडा रुपमा प्रस्तुत हुने लक्ष्य लिएको प्रदेश सरकारले सरकारी कार्यालयमा सूचना प्रविधिको उच्च प्रयोग गर्ने नीति लिएको छ । साथै पाँच वर्ष भित्र मातृ तथा शिशु मृत्युदर घटाई विकसित राष्ट्रसरह पु¥याउने लक्ष्य पनि प्रदेश सरकारको छ । नागरिक दैनिकमा खबर छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved