बन्द भयो लाइसेन्ससम्बन्धी सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2017 | 09:36:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ ।


अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द गर्नुपरेको गोरखापत्रमा खबर छ।


प्रयोगात्मक परीक्षाको मिति तय भइसकेका, तोकिएका थप परीक्षार्थीको परीक्षालगायत इजाजतपत्र नवीकरण, प्रतिलिपि उतार, अञ्चलीकरण तथा अन्तर्राष्ट्रिय इजाजतपत्रको नेपालीकरणलगायतका सबै कार्य बन्द गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved