मधेसी गठबन्धनभित्र दुई धार, के होला आन्दोलन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 27, 2017 | 09:09:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने र निर्वाचन बिथोल्ने निर्णय गरेको छ ।

आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभएको, सहमतिअनुसार स्थानीय तहको संख्या थप नगरेको तथा छुटेका मतदाता नामावलीलाई समय नदिएको भन्दै गठबन्धनले निर्वाचनमा सहभागी नहुने जनाएको छ । निर्वाचनका सम्पूर्ण कार्यक्रममा अवरोध गर्ने गठबन्धनको निर्णय छ ।

तर, निर्वाचनमा भाग नलिने यो निर्णयमा गठबन्धनभित्रै दुई धार देखिएको छ । राजेन्द्र महतो र राजकिशोर यादव निर्वाचन बिथोल्ने कार्यक्रमसहित चर्को आन्दोलनको पक्षमा छन् । त्यसविपरीत शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झाहरु निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन् । यो मुद्दामा महन्थ ठाकुर बीचमा उभिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved