लण्डन ब्रिज घटनामा हताहती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 04, 2017 | 08:30:41 AM मा प्रकाशित

laxmi  sunrise bank

एउटा गाडी सडकपेटीमा हिँडिरहेका यात्रुमाथि जोताइएपछि सशस्त्र प्रहरीले मध्य लण्डनस्थित एक प्रमुख पुल बन्द गराएको छ।सो घटनास्थलमा रहेका एक बीबीसी संवाददाताले एउटा सेतो भ्यान पाँच वा छ जना मानिस भएतिर सोझिएको आफूले देखेको बताएका छन्।प्रहरीका अनुसार घटनामा कम्तीमा एकजनाको ज्यान गएको छ।केही हताहती भएको प्रहरीले बताएको छ।

प्रहरीका एक सूत्रले बीबीसीलाई हतियारधारी भएको हुन सक्ने तीनजना संदिग्धहरुलाई प्रहरीले खोजिरहेको बताए।यसबीच लण्डन प्रहरीले नजिकै बरो बजार क्षेत्रमा छुरा हमला भएको खबरबारे सोधखोज गरिरहेका छन्।केही गोली चलेको बताइएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी तैनाथ छन्।साथै भक्सल क्षेत्रमा पनि अर्को घटना भएको विवरण आएका छन्।-प्रत्यक्षदर्शीबीबीसी संवाददाता होली जोन्स उक्त समयमा सोही पुलमा थिइन्।

उनले एक पुरुषले चलाएको भ्यान 'करिब ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको' बताइन्।"ऊ म नजिकै आएर मोडियो अनि करिब पाँच वा छ मानिसतिर गएर गाडीलाई जोतायो। उसले मभन्दा अघिल्तिरका दुई अनि पछिल्तिरका तीन जनालाई ठोक्कायो," उनले बीबीसी न्यूज च्यानललाई बताइन्।

सो गाडी सडकपेटीमा उक्लिएर पैदलयात्रुलाई ठोक्काएपछि पाँच वा छ जनालाई चोटपटकको उपचार गरिएको उनले बताइन्। "मलाई लाग्छ त्यहाँ चारजना गम्भीर घाइते थिए। सबैलाई प्यारामेडिकले उपचार गर्दै थिए।" -बिबिसी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved