वैदेशिक रोजगारीमा जाने ३२ प्रतिशत युवाको रोजाईमा कतार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 09:17:26 AM मा प्रकाशित

laxmi  sunrise bank

देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि पलाएन हुने युवाको संख्या बढ्दो छ ।वैदेशिक रोजगारीमा जाने युवामध्ये ३२ प्रतिशतको रोजाइ कतार भएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा मात्रै दुई लाख पाँच हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि कतार पुगेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।

गत आ.व.मा वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाको संख्या भने ६ लाख ४० हजार ६ सय ४२ छ । कतार जाने युवाको संख्या दुई लाख पाँच हजार सात सय ५६ रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा कतार जानेको संख्या करिब साढे एक लाख हाराहारी थियो ।

सरकारले २०७२ असारदेखि लागू गरेको फ्री भिसा तथा टिकटको निर्णयसँगै ओरालो लागेको वैदेशिक रोजगारीको क्षेत्रसमेत लयमा फर्केको हो ।

आ.व. २०७२/७३ मा चार लाख १८ हजार नेपाली कामका लागि बिदेसिएका थिए भने आव ०७१/७२ मा पाँच लाख १२ हजार युवा रोजगारीका लागि बाहिरिएका थिए । - अन्नपूर्ण पोस्ट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved