एनआइसी एसियाद्वारा बालबाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण

रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 10:10:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघ () मा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ । 

बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकाहरुका लागि सामग्री वितरण गरेको हो। 

साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको छ। जसमा करीब १५० जना रक्तदाताले रक्तदान गरि सहयोग गरेको बैंकले जनाएको छ। 

बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ। यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved