आइएमई पे बन्यो मिस युनिभर्सको डिजिटल भुक्तानी पार्टनर

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 04, 2021 | 06:53:03 PM मा प्रकाशित

laxmi bank

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल एमयूएनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तरगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved