एक अर्काको प्रणालीमा जोडिएर सहजै सेवा दिन भुक्तानीप्रदायक कम्पनीलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2022 | 01:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक संस्थाहरुले सोहि सेवा प्रदान गर्ने अन्य संस्थाको प्रणालीमा जोडिएर आफ्ना ग्राहकलाई सहजै सेवा दिनुपर्ने भएको छ। भुक्तानी प्रणालीको अन्तरआबद्दता तथा पहुँच सम्बन्धि व्यवस्थाबारे सर्कुलर मार्फत नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो। 

राष्ट्र बैंकको निर्देशनअनुसार बिशेषगरि भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरुले संचालन गरिरहेका मोबाइल बैंकिंङ, मोबाइल वालेट र क्युआर कोड जस्ता सेवाहरुमा सम्बन्धित संस्थाले अन्तरआबद्दता कायम गर्नुपर्नेछ। र यसका लागि सम्बन्धित संस्थाले सहमति तथा सम्झौता गर्न पाउनेछन। 

त्यस्तै राष्ट्र बैंकबाट अनुमति प्राप्त बैकले सेटलमैन्ट बैंकको रुपमा सेवा दिँदा भुक्तानी सेवा सम्बन्धि संस्थालाई भेदभाव नहुनेगरि आफ्नो संस्थामा सेटलमैन्ट खाता संचालन गर्न दिनुपर्नेछ। 

तर भुक्तानी प्रणाली तथा सम्बन्धित बैंकलाई जोखिम हुने पर्याप्त आधार देखिएको अवस्थामा बैकले सेटलमैन्ट बैंकको रुपमा काम गर्दिन भन्न पाउनेछ। तर यसका लागि पर्याप्त आधार र प्रमाण राष्ट्र बैंकलाई पेश गर्नुपर्ने हुन्छ। 

त्यस्तै भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकले अन्तरआबद्दता सम्बन्धि सेवा दिँदा सेवाग्राहीबाट आएका सूचना तथा जानकारीहरुको गोपनियता कायम राख्नुपर्नेछ। साथै, तोकिएको सेवा प्रवाह गर्दा बाहेक अन्यन्त्र त्यस्तो तथ्यांकको प्रयोग नहुने सुनिस्चितता गर्नुपर्नेछ। 

अन्तरआबद्दता सम्बन्धित व्यवस्था सम्बन्धित संस्थाहरुले अबको ६ महिना भित्र कार्यान्वयन गरिसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved