खल्तीले ल्यायो १ रुपैयाँ मै फ्लाइट टिकटको अफर, एक जनालाई आइफोन १३ उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2022 | 12:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले आइफोन १३ बम्पर उपहार प्राप्त हुने अफर ल्याएको छ । कम्पनीले  “उडान अब मात्र रू. १“  अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुने अफर ल्याएको हो ।

त्यस्तै हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अफर २३ माघ देखि फागुन ३०,२०२२ सम्म मान्य हुनेछ। उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी (KYC) भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो।” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved