भाट–भटेनीमा नेपाल पेबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 12:18:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भाट–भटेनी सुपरमार्केटमा नेपाल पे मार्फत स्क्यान गरि भुक्तानी गर्दा क्यासब्याक पाईने भएको छ। नेपाल पेले १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक दिने भएको हो। क्यासब्याकको अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा पुष १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ । डाइनेमिक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पेको क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

भाटभटेनीमा नेपाल पेको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको, फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो। देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपालपे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved