आहा रारा गोल्ड कपको टिकट माइपेबाट किन्न सकिने, हरेक टिकटमा १० प्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 02:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ । पर्यटकिय नगरि पोखारालाई डिजिटल नगरी बनाउने उद्देश्य अनुरुप चर्चित फुटबल प्रतियोगिताको टिकटलाई डिजिटल बनाएर कार्य शुभारम्भ गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।

प्ले स्टोर वा एप स्टोरबाट सजिलै माइपे एप डाउनलोड गरी, एप भित्रैबाट टिकट काट्न सकिने माईपेले जानकारी दिएको छ । माइपेका अनुसार डिजिटल माध्यमबाट टिकट काट्ने मध्ये हरेक दिन २ जनालाई १०० प्रतिशत क्यासब्याक र सेमिफाइनलको टिकट काट्ने २ जनालाई फाइनलको टिकट निःशुल्क वितरण गरिने छ । 

माईपेका अनुसार नकाउट चरणका खेलहरुको सामान्यतर्फको टिकट दर १०० तोकिएको छ भने भीआईपी टिकटको २०० तोकिएको छ । त्यस्तै सेमिफाइनल खेलको सामान्य टिकटको २०० र भीआईपी टिकटको ४०० र्तोकिएको छ । फाइनल खेलको सामान्य टिकटको ३०० र भीआईपी टिकट मूल्य ५०० तोकिएको छ । माइपे बाट टिकट काट्दा हरेक टिकटमा १० प्रतिशत क्यासब्याक अफर पनि रहेको कम्पनीले जनाएको छ । 

 २२ औं संस्करणको यस प्रतियोगिता पौष १४ गतेदेखि २४ गतेसम्म संचालन हुँदै छ । पोखरा रंगशालामा आयोजना हुन लागिरहेको यस प्रतियोगितामा १० टिम सहभागी हुँदै छन् ।

माईपे डिजिटल वालेटले क्रिसमस तथा अंग्रेजि नयाँ वर्षको अवसरमा विभिन्न कारोबारहरुमा ५.१ प्रतिशत क्यासब्याक योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले भनेको छ 'वालेटमार्फत हवाई टिकट बुकिङमा सबैभन्दा धेरै क्यासब्याक सँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याकको सुविधाहरु समेत दिँदै आएका छौ । माइपेमा हरेक कारोबारमा आकर्षक क्यासब्याकका साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने छ ।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved