इसेवाले ल्यायो एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2023 | 06:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत  एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न  सकिने भएको छ । इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा  ६ सय रूपैयाँ भन्दा बढिको  टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने कम्पनीले जनाएको छ ।

यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्बजनिक गरेको छ । साथै रू २०० भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ । ईसेवाका अनुसार यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिम सम्म लागु हुनेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved