राष्ट्र बैंकको निर्देशनपछि कुन भुक्तानी सेवा प्रदायकले कति थप्नु पर्छ पुँजी ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 02:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकको चुक्ता पुँजी बढाएको छ। राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै पुँजी बढाएको हो ।

नयाँ ब्यबस्था अनुसार अब भुक्तानी कार्ड वाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायकको चुक्ता पुँजी ५ करोड तोकिएको छ । त्यस्तै भुक्तानी कार्ड सहित अन्य उपकरणहरू समेत सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायकको चुक्ता पुँजी २५  करोड तोकिएको छ । 

हाल अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक मध्ये ६ वटा कम्पनीले भुक्तानी कार्ड सहित अन्य उपकरणहरू समेत सञ्चालन गर्ने अनुमति पाएका छन्  । यी ६ कम्पनीले २५ करोड चुक्ता पुँजी पुर्याउनु पर्ने छ  ।  बाँकिले भने ५ करोड चुक्ता पुँजी पुर्याए हुन्छ  । 

यस हिसाबमा स्मार्ट कार्ड नेपाल प्रालिले सबैभन्दा धेरै २३ करोड ९६ लाख चुक्ता पुँजी थप गर्नु पर्ने छ  । त्यस्तै मोहर डिजिटल र फिनटेक इन्टरनेशनलले २० करोड पुँजी थप्नु पर्ने छ  । खल्ती, क्युपे प्रालि र इनेट पेमेन्ट प्रालिको हाल नै ५ करोड पुँजी भएकोले उनीहरुले पुँजी थप्नु पर्ने छैन  । पे नेप प्रालि, वि पे प्रालि , ईसेवा प्रालि. र नेपाल डिजिटल पेमेन्ट कम्पनीको भने तोकिएको पुँजी पुगिसकेको छ  । 

यो व्यवस्था लागुहुनु अघि बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ साल असार मसान्तसम्ममा कायम गरी सक्नुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । 

हेर्नुस् कुन कम्पनीले कति पुँजी थप्नु पर्छ ? 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved