कर्पोरेट पे प्रणाली मार्फत २०२ अर्ब भन्दा बढीको कारोबार फर्छयौट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 03:06:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिंग हाउसले संचालनमा ल्याएको कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा  २०२ अर्ब भन्दा बढीको कारोबार फर्छयौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । गत आर्थिक वर्ष भने कर्पोरेट पे मार्फत कुल १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छयौट भएको थियो।

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको नेपाल क्लियरिंग हाउसले जनाएको छ ।

कम्पनीका अनुसार हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणालीमा बैंक / वित्तीय संस्थाका ६,१०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीको एउटै प्ल्याटफर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको कम्पनीले जनाएको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार रु २० लाख सम्म र नन- रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म गर्न सकिन्छ । उक्त प्रणालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक Multi-factor Authentication तथा Authorizationको समेत उपयुक्त व्यवस्था रहेको कम्पनीले जनाएको छ। साथै व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved