ईसेवाले पायो पब्लिक कम्पनीमा जानलाई पुर्व स्वीकृति, को हुन् १० सँस्थापक लगानीकर्ता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 06:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपालको पहिलो वालेट कम्पनी इसेवालाई पब्लिक कम्पनीमा जानलाई पूर्व स्वीकृति दिएको छ। पब्लिक कम्पनीमा जानलाई आवश्यक न्युनतम मापदण्ड पुरा गरेकाले पूर्व स्वीकृति दिईएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलकाअनुसार इसेवालाई पब्लिक कम्पनीमा जानलाई पूर्व स्वीकृति दिईएको हो। कम्पनी रजिष्टारको कार्यलयबाट पुरा गर्नुपर्ने प्रक्रिया सकेर आएपछि मात्रै इसेवाले पब्लिक कम्पनीमा जानलाई लिखित स्वीकृति पाउनेछ। 

राष्ट्र बैंकमा दिईएको निवेदनअनुसार कम्पनी रजिष्ट्रार कार्यलयबाट इसेवाका संस्थापकको ‘फिट एन्ड प्रपर टेस्ट’ प्रकृया सम्पन्न भएपछि मात्रै इसेवाले अन्तिम स्वीकृति पाउने उनले स्पष्ट पारे। 

"पब्लिक कम्पनीमा जानलाई राष्ट्र बैंककै अनुमति चाहिने नभएपनि आफुहरुले त्यसलाई प्रोत्साहन गर्ने भएकाले पब्लिक कम्पनीमा जानलाई प्रोत्साहन गरेका हौँ। कम्पनीको मुख्य नियामक कम्पनी रजिष्ट्रारको कार्यलयबाट पब्लिक कम्पनीमा जान आवश्यक प्रकृया पुरा भएर आएपछि राष्ट्र बैंकले पब्लिक कम्पनीमा गएको सर्टिफिकेट प्रदान गर्ने हो" पौडेलले भने। 

इसेवामा हाल दश जना सँस्थापक शेयरधनीहरु रहेका छन्। जसमा यसका चार संस्थापक विश्वास ढकाल, अस्गर अलि,  सुवास शर्मा, सुवास सापकोटा तथा पछि लगानीकर्ताको रुपमा भित्रिएको कान्तिपुर ग्रुपका सम्भव सिरोहिया रहेका छन् । त्यस्तै  ५ जना सँस्थामा लामो समयदेखि कर्मचारीको रुपमा काम गरिरहेकाहरु पनि संस्थापकको रुपमा छन्। 

 नेपाल राष्ट्र बैंकले इसेवामा यी लगानीकर्तालाई संस्थापक शेयरधनीको रुपमा स्वीकार गरिसकेको छ। कम्पनी रजिष्ट्रारको कार्यलयबाट यसबारे थप प्रकृया पुरा गरेपछि मात्रै इसेवाले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउनेछ। 

ई-सेवामा विश्वास ढकालको ३५ प्रतिशत, अस्गर अलीको २५ प्रतिशत,  सुवास शर्माको १० प्रतिशत, सुभाष सापकोटाको ५ प्रतिशत तथा  कान्तिपुर ग्रुपमा प्रबन्ध निर्देशक सम्भव सिरोहियाको २० प्रतिशत शेयर रहेको छ।  ५ प्रतिशत शेयर भने अन्य ५ कर्मचारीको नाममा रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved