'फोनपे'ले सुरु गर्यो नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 04:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) को अन्तर्राष्ट्रिय शाखा 'एन.आई.पी. यल' (NIPL: NPCI International Payments Limited), द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्यु. आर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।

यो ऐतिहासिक साझेदारी को सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ। फोनपे, र एन.आई.पी. यल (NIPL) बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर (QR) कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।प्राविधिक एकीकरणको समाप्ति पश्चात यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन्। दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने कम्पनीले जनाएको छ।

फोनपेका सभापति तथा एफ. वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने  “यो उल्लेखनीय प्रक्षेपण, दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो। म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ ।"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved