प्लेन टिकट काट्नेको लागि 'उडु-उडु लाग्छ' अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 09:28:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आईपीएसले चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइटको टिकटको भुक्तानी गर्दा “उडु-उडु लाग्छ अफर” सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले रु २०० क्यासब्याक पाउने कम्पनीले जनाएको छ । साथै, ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेशन जित्न सक्नेछन् ।

कम्पनीका अनुसार क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, सौर्य एयरलाइन्स (पी) लिमिटेड, श्री एयरलाइन्स प्रा. लि. र यति एयरलाइन्स प्रा.लि.को फ्लाइट टिकट भुक्तानीमा उपलब्ध रहेको छ । यो अफर १४ असोजदेखि ११ कार्तिक, २०८० सम्म उपलब्ध हुनेछ । एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुने कम्पनीले जनाएको छ ।

अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिनेछ र क्यासव्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved