होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 12:10:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो डिजिटल  वालेट 'आइएमई पेले' हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत  होटेल एन्ड होमको वेबसाइट मार्फत  नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी  आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले  फ्ल्याट १०५ छुट प्राप्त गर्नेछन् । 

नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ। आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत  उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन्।

भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved