तिहारमा दैनिक २० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 01:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा बृद्धि गरेको छ। यस संगै तिहारमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार आज कार्तिक २४ गतेदेखि २०८० मङ्सिर ३ गतेसम्मको लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने ।  यस अघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।

कारोबारको संख्या र कारोबारको कुल रकम भने वालेटहरुले राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved