ईसेवा मनि ट्रान्स्फरमार्फत मनिग्रामको नगद रेमिट्यान्स सुरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 12:52:53 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको छ ।

यो सम्झौता संगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्ने भएका छन् । साथै, नेपालमा ग्राहकहरूले ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट आफ्नो भुक्तानी पाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले प’स १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्ने कम्पनीद्धारा विज्ञप्तीमा उल्लेख छ। अफर अन्तरगत आगामी १० दिनसम्म मनिग्राम मार्फत नगद पठाउदा अतिरिक्त रू  १०० बोनस पाउनुका साथै टि सर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्राीहरू प्राप्त सक्ने बताइएको छ । साथै प’स १५ सम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसंग निरन्तर साझेदारी गर्न पाउँदा निकै उत्साहित भएको बताएका छन् । यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने उनको विश्वास छ । साथै, भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरिने प्रबिद्धता समेत कोइरालाले गरे ।

मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो।  हाल यस कम्पनीको सेवा  विश्व भरी सञ्चालनमा रहेका छन् । जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई भरपर्दो, र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved