आइएमई पेबाट बुढासुब्बा गोल्ड कपको टिकट काट्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 04:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पेबाट धरानमा भइरहेको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट काट्न सकिने छ । शनिवार देखि सुरु भएको प्रतियोगिताको टिकट आईएमईबाट टिकट काट्ने सकिने जनाइएको छ। 

 २४औँ संस्करणको उक्त प्रतियोगिता हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो आयोजकले जानाएको छ ।

चैत ३ गतेसम्म  आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ ।

यस पटकको  बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved