पत्रयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को साउन ३० गते हुने निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरु मिलेका छन् ।
यी ३ राजनीतिक दल समर्थित पदयात्रा व्यवसायीहरूले निलहरि बाँस्तोलाको अध्यक्षतामा प्यानल नै बनाएर आज उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठनले तालमेलमा उम्मेदवारी दर्ता गराएका हुन् ।
बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना र सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पाले उम्मेदवारी दिएका छन् ।
सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की र महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।
टानमा माओवादी केन्द्र भने एक्लिएको छ ।