मिथिला लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 08:06:12 AM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज फागुन २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ १७ गतेदेखि २:१ को अनुपातमा ५० प्रतिशतको दरले  ३ करोड २९ लाख ८८ हजार ९ सय ६९ रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । यस अघि आवेदन दिने अन्तिम म्याद फागुन २२ रहेकोमा कम्पनीले ७ दिन म्याद थप गरेको थियो  । थपिएको म्याद आज सकिन लागेको हो  ।

हकप्रद निष्काशनको लागि  काठमाडौँ क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ । 

 धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले हकप्रद निष्काशनको  लागि माघ १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ३० गते सम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन । बिक्रि प्रबन्धक काठमाडौँ क्यापिटलको कार्यालय कमलादी , मिथिला लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सक्ने छन्  । 

हाल कम्पनीको चुक्ता पुंजी  ६ करोड ५९ लाख रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved