सिर्जना फाइनान्सको हकप्रद असोज १७ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 06:22:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स Srijana Finance Limited  ले असोज १७ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०:६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने  २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो ।  कम्पनीले हकप्रद निष्काशनको लागि भदौ २० गते बुक क्लोज निर्णय गरेको हो । भदौ १९ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  लगानीकर्ताले कार्तिक २१ गतेसम्म हकप्रद भर्न सक्ने छन्।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved