धनतेरसको अवसरमा एनआईबिएल एस क्यापिटलको नयाँ सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 09:28:59 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital  ले धनतेरसको अवसरमा लगानीकर्तालाई अनलाइनबाट म्युचुअल फण्डको इकाई खरिदको सुविधा ल्याएको छ ।  क्यापिटलले यस  वर्षको धनतेरसको अवसरमा ईच्छुक लगानीकर्ताहरुलाई एनआइबिएल सहभागिता फण्ड (क्यापिटलको खुलामुखी समयुहिक लगानी कोष योजना ) को इकाई अनलाइनबाट खरिद गर्न सकने ब्यबस्था गरेको हो । 

क्यापिटलले कार्तिक २८ गते शुक्रबार बिहान ११ बजे दखि दिउँसो १ बजेसम्म ति ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था गरेको जनाएको हो । क्यापिटलले केहि समय अगाडीबाट मात्र अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको थियो ।

नेपाल कै पहिलो खुलामुखी योजना अनलाइन प्रणालीमा, के के पाइन्छ सेवा ?

धनतेरस लगानीको लागि शुभ दिन मानिने हुँदा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न क्यापिटलले आग्रह गरेको छ । 

नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल योजना व्यवस्थापक रही एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको हो  । यो योजनाले एक वर्ष पुरा गरिसकेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved